बारा, २२ माघ ।
जिल्ला प्रहरी कार्यालय, बारामा सरुवा भई आएका प्रहरी उपरीक्षक सन्तोष तामाङले जिलामा शान्ति सुरक्षा प्रभावकारी बनाउने बताएका छन् ।
मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अपराध र तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताए ।
२१ वर्षअघि प्रहरी निरीक्षक भई बारामा सेवा दिएको बताउँदै उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पाएकोमा खुशी व्यक्त गरे । उनले जिल्लामा ९५६ जना प्रहरी परिचालित रहेको जानकारी दिँदै सबै युनिटहरूलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे ।
एसपी तामाङले गलत गरे सजाय दिइनेछ र राम्रो काम गरे पुरस्कृत गरिने बताए ।
बारा जिल्लामा शान्ति, सुरक्षा, सुशासन र अपराध नियन्त्रणमा प्रभावकारी योजना कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया