वीरगंज, १५ माघ ।
साउथजोन माविको १६औं वार्षिकोत्सवको अवसरमा मंगलवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका–१३ स्थित राधेमाई स्कुल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।
कार्यक्रममा निशा कुमारी साह, सन्जना देवी, समिता सिलवाल, सीता देवी, रोशनी श्रेष्ठ, पबित्रा अधिकारी, सरीता झा, रामचन्द्र चौधरी, सन्तोषकुमार यादव, निरजकुमार उपाध्याय, वकिलप्रसाद यादवलगायतले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति वीरेन्द्रराज कँडेलको आतिथ्यता र विद्यालयका सञ्चालक सरोजप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जूनियर सर्कलका विनोद गिरी, प्याब्सन प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी, प्याब्सन पर्साका जिल्ला कार्यसमितिका कोषाध्यक्ष प्रवीन चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन अशोक संग्रौलाले गरेका थिए ।
रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया