वीरगंज, ५ वैशाख । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् ।
रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो ।
रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताउनुभयो ।
"हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ", उहाँले भन्नुभयो, "गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरवार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महŒव बढाइरहेको छ ।"
वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । "ओझेलमा परेका धार्मिकस्थलको जीर्णाेद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्पm सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्काेतर्पm स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्पm केन्द्रित हँुदै आएका छौँ ।"
शोभायात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो । शोत्रायात्रा वीरगञ्जका मुख्य बजार क्षेत्र परिक्रममा गरेर मन्दिर प्राङ्गणमा आएको थियो । मन्दिरका मूल पुरोहितले बिहानैदेखि धार्र्मिक परम्पराअनुसार पूजाआजा गरेको बताउनुभयो । यो मन्दिर ७५ वर्षअघि स्थापना भएको बताइएको छ । रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण कार्यक्रम छ भने अपराह्न ४ बजे रामायण झाँकी हुनेछ । साँझ ६ः३० बजे आरती समाप्तिपछि प्रसाद वितरण हुनेछ ।

प्रतिक्रिया