स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

बारामा बुधवार दुई दुर्घटनामा पाँचजनाको ज्यान गयो, २८ जना घाइते

SHARE:

वीरगञ्ज, ४ पुस। बारामा बुधवार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ।
निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ। दुर्घटनामा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

रौतहटबाट निजगढतर्फ आउदैँ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन्।

बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन्। घाइते उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ।
घटनावारे थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ।

यसैगरी  बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर  २२ अमलेखगन्जको तीन नम्बर पुल नजिक बस र ट्रक  एकापसमा ठोकिँएर दुर्घटना हुदा तीन जनाको मृत्यु  भएको छ भने २७ जना यात्री घाइते भएका छन।

काठमाडौंबाट काकडभिट्टातर्फ जादै गरेको बा ३–००१ ख २५८७ नम्बरको यात्रीवाहक बस र पथ्लैयाबाट  हेटौंडा तर्फ जादै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक तीन नम्बर पुल नजिक ठोकिँएर दुर्घटना हुदा बसका चालक तनहुका २८ वर्षीय पुर्ण गुरूङ  र ट्रक चालक हेटौंडाका ४० वर्षिय हरि शम्शेर र एकजना यात्रीको मृत्यु भएको छ भने २७ जना यात्री घाइते भएका थिए। घाइतेहरूको हेटौंडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय  बाराले जनाएको छ।

काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो। दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइतेमध्ये सातको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुनसरी भाति गाउँँपालिका २ का ३० वर्षीय खिलराज दुलाल, सुनसरी इटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा तीन वर्षीय सोडनेम गौतम, बसका सहचालक झापा दमकका ३५ वषीय नगेन्द्र उप्रेतीको अवस्था गम्भीर छ। उनिहरूलाई थप उपचारका लागि हेटौंडाबाट चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ।

यसैगरी दुर्घटनाका अर्का एक घाइते तनहुँ बन्दिपुर गाउँँपालिका ६ का १७ वर्षीय तेजकुमार गुरूड्ढो हेटौडा अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। दुर्घटनामा सामान्य घाइते भएका यात्रीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको न्यौपानेको भनाई छ।

राती करिब दुर्ई बजे बस र ट्रक एक आपसमा ठोक्किँएको हो। घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेका थिए। बससंग ठोक्किएको ट्रक राजमार्ग भन्दा तल खसेको छ। दुर्घटनापछि राजमार्ग समेत अवरूद्ध भएको थियो। प्रहरीले घाइतेको उद्धार गरी पठाएपछि राजमार्ग सूचारू गरेको थियो। 

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: बारामा बुधवार दुई दुर्घटनामा पाँचजनाको ज्यान गयो, २८ जना घाइते
बारामा बुधवार दुई दुर्घटनामा पाँचजनाको ज्यान गयो, २८ जना घाइते
https://blogger.googleusercontent.com/img/a/AVvXsEiTAN16De59U5-WPT9XE1RsYD5lvJKViIYzZOjMJ4Doeg4Zz9wkEN8kGgREukNSQ_AuxNIJP7wrxQHMQ-0kdZytQ4zCHXADnQILG8jr0Qc5lK3qfxVJGHlpP3PqVbEW8q5oH2ch6kSJLpAuRm5Br_cm9WfEiJoHPFReMBmqbYW1Xah4vhWH1yZyYaVhAHED=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiTAN16De59U5-WPT9XE1RsYD5lvJKViIYzZOjMJ4Doeg4Zz9wkEN8kGgREukNSQ_AuxNIJP7wrxQHMQ-0kdZytQ4zCHXADnQILG8jr0Qc5lK3qfxVJGHlpP3PqVbEW8q5oH2ch6kSJLpAuRm5Br_cm9WfEiJoHPFReMBmqbYW1Xah4vhWH1yZyYaVhAHED=s72-c
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2023/12/blog-post_84.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2023/12/blog-post_84.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content