वीरगंज,३१ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा वीरगंजबाट दुर्ई जना पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका – ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि चिट लिएर जाने र परीक्षा हलसम्म चिट पु¥याउन सहयोग गर्ने दुर्ई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोहन प्रसाद यादव र विनोद कुमार स्वर्णकार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इनस्पेक्टर) विदुर प्रसाद सिवाकोटीले बताए । इनस्पेक्टर सिवाकोटीका अनुसार परीक्षामा सहभागी बुहारीका लागि उत्तर लेखेको कागजसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।
यादवले चिट लेखिएको कागज लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको इनस्पेक्टर सिवाकोटीले बताए । उनका अनुसार स्वर्णकार त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक हुन् भने हाल परीक्षामा पर्यवेक्षकका रूपमा खटेका छन् । त्यस्तै यादव ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व कर्मचारी हुन् ।

प्रतिक्रिया