वीरगंज, २२ बैशाख ।
वाटर पार्कको शुक्रवार चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानले समुद्घाटन गरे ।
परवानीपुरमा शुक्रवारदेखि सञ्चालनमा ल्याइएको 'थ्रिल वाटर पार्क' मधेस प्रदेशकै पहिलो वाटर पार्क भएको सञ्चालक निखिल चाचानले बताए । उनले भने,' काठमाडौं, चितवन, भक्तपुर बाहेक मधेस प्रदेशमै यो पहिलो वाटर पार्क हो ।
बालबालिका देखि बृद्धबृद्धासम्मलाई लक्षित गरि सञ्चालनमा ल्याइएको 'थ्रिल वाटर पार्क' स्वीमिङ पुल, पानीको फोहोराले मसजा गर्ने 'ज्याक उ पुल' समुन्द्रको जस्तो छाल आउने 'वेभ पुल', 'रेन डान्स', 'ट्याप डूर स्लाइड' का साथै रेष्टुरेण्ट पनि सनचालनमा ल्याइएको चाचानले बताए ।चाचानले भने,' पर्सा, बारा, मकवानपुरका साथै भारत बिहारको रक्सौल, बेतिया र मोतिहारीसम्मका स्थानीयलाई लक्षित गरि यो वाटर पार्क खोलिएको हो ।
वाटर पार्कमा बालबालिकाका लागि प्रति व्याक्ति ५ सय र वयष्कका लागि प्रति व्याक्ति ७ सय रुपियाँ शुल्क तोकिएको जानकारी पनि उनले गराए । 'थ्रिल वाटर पार्क 'मा २२ जनाले रोजगारीपनि पाएको चाचानले बताए ।
अहिले वाटर पार्ककै छेउमा चाचान ग्रूपले यसअघि साहसिक मनोरञ्जनात्मक खेलसहितको रमाइलो गर्न 'थ्रिल फयाक्ट्री ' ८ महिनापहिले सञ्चालनमा ल्याइसकेको छ । 'थ्रिल फयाक्ट्री 'मा ८ महिनाको अवधीमा २२ हजार भन्दा बढिले अवलोकन गरिसकेको सञ्चालक चाचानले बताए । उनले भने,' ८ महिना पहिले 'थ्रिल फयाक्ट्री ' सञ्चालनमा ल्यायौं, त्यसको कारोवारबाट उत्साहित भएरनै अहिले 'वाटर पार्क' सञ्चालनमा ल्याएका हौं ।
परवानीपुर गाँउपालिका वडा नम्बर ४ लिपनीमालस्थित वीरगंज–पथलैया सडकखण्ड छेउमा 'वाटर पार्क' सञ्चालनमा आएको छ । व्यवसायिक घराना चाचान समूहले ७ करोड रुपियाँँको लगानीमा 'थ्रिल वाटर पार्क ' सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया